About us

हामी तीन दशकदेखि नेपालमा रहेर नेपाली जनताहरूको आवश्यकताहरू परिपूर्ति गर्दै आएका छौं । आज हामीसँग एकलाख भन्दा धेरै उपभोक्ताहरू र सरोकारवालाहरूको मजबुतसमुदायरहेको छ ।यसले हामीलाई यो देशमा एसयूभी, पिकअप र ट्रयाक्टरको क्षेत्रमा मुख्य ब्रान्डको रुपमा स्थापित हुन मद्दत गरेको छ । यहाँ हाम्रो व्यवसायहरू विविध छन् जसमा व्यावसायिक सवारी साधनहरू, निजी सवारी साधनहरू, विद्युतीय सवारी साधनहरू, ट्रयाक्टरहरू, जेनेरेटरहरू, निर्माण सामग्रीहरू, कृषि-व्यवसाय लगायत अन्य रहेका छन् ।

नेपाल हाम्रो विश्वव्यापी वृद्धि रणनीतिको एउटा महत्वपूर्ण भाग रहँदै आएको छ । विश्वको एउटा तीव्र गतिमा बढ्दै गएको अर्थतन्त्रको रुपमा यो एउटा प्रमुख रणनीतिक बजार रहेको छ । यहाँ हाम्रो व्यवसाय गतिविधिहरूलाई बढाउन हामी प्रतिबद्ध छौं र यो प्रक्रिया काठमाडौंमा हाम्रो कन्ट्री अफिस स्थापनासँगै सन् २०१७ मा सुरु भयो । नेपालमा स्थानीय रुपमा विस्तार भैरहेको एउटा विश्वव्यापी ब्राण्ड महिन्द्रासँग काठमाडौंको स्थानीय कार्यालयसहित ग्राहकहरूको आवश्यकता तथा आकांक्षामा केन्द्रित स्थानीय टीम रहेको छ ।

एउटा लक्षित बजारको रुपमा, महिन्द्राले आफ्नो वितरक/डिस्ट्रिव्युटर साझेदारहरूसँग मिलेर नेपालमा एउटा बेग्लै ब्रान्ड बिस्तारको लागि महिन्द्रा उदय उत्सव २०१९सुरु गर्यो । नेपालका ग्राहकहरूको लागि विशेषरुपमा सिर्जित एक अनुभवको रुपमा महिन्द्रा उदय उत्सवले ग्राहकहरूलाई एकै छाता अन्तर्गत महिन्द्रा ब्राण्डको सम्पूर्ण अनुभव लिने मौका प्रदान गर्यो । यसले आकर्षक प्रदर्शनी र कार्यहरूको माध्यमबाट महिन्द्रा गाडीहरू र यसको विश्वव्यापी प्रविधिको बलियो मजबुत डीएनए निर्माणमा मद्दत गर्यो ।नेपालमा महिन्द्रा ग्राहकहरूको “उदय” कथालाई थप सम्मान गर्न यस विशेष कार्यक्रमको समयमा विभिन्न वर्ग समूहबाट १२ ग्राहकहरू छनौट गरी महिन्द्रा उदय अन्तर्गत विशेष सम्मान प्रदान गरियो ।

नेपालको हरित सवारी साधनहरूतर्फ अघि बढ्ने दीर्घकालीन सोचलाई महिन्द्राले सदैव सहयोग गर्दै आएको छ । पूर्ण विद्युतीय फोर-व्हील भएको महिन्द्रा e2o बजारमा ल्याउने महिन्द्रा पहिलो अटोमोबाइल कम्पनी थियो । विभिन्न क्षेत्रका ग्राहकहरूलाई आधुनिक, प्रविधिगत रुपमा नवीनतम र उत्कृष्ट उत्पादनहरू प्रदान गर्ने कार्यमा महिन्द्रा सधैं नै अगाडि रहँदै आएको छ ।

नेपालमा रहेका हाम्रो साझेदारहरू यस मुलुककै अग्रणी व्यावसायिक समूहहरू हुन् – अग्नि समूह, दुगड समूह

अटोमोटिभ (मोटर गाडी)

एसयुभीहरू, पिकअपहरू, 3 व्हीलरहरू,
हेभी र हलुका कमर्सियल गाडीहरू

कृषि उपकरणहरू

30 HP – 70 HP ट्रयाक्टरहरू,
कृषि औजारहरू

महिन्द्राको पावरोल

5 KVA – 600 KVA
डिजेल जेनेरेटरहरू

निर्माण उपकरणहरू

ब्याकहो लोडरहरू,
मोटर ग्रेडरहरू

वितरकको प्रोफाइल

अग्नि समूह

महिन्द्रा गाडीहरू तथा पिकअपको आधिकारिक वितरकको रुपमा अग्नि समूहले सन् 1991 देखि व्यवसाय सुरु गर्यो । आज अग्नि यस मुलुककै अग्रणी गाडीहरूको वितरक भएको छ र नेपालमा महिन्द्रा ब्राण्डलाई सफलतापूर्वक निरन्तर अघि बढाइरहेको छ। त्यसबेलादेखि नै अटोमोबाइलको आयातकर्ता भएर अग्नि समूहले अथकरुपमा कार्य गर्दै अटोमोबाइल, स्पेयर तथा सेवाहरूको प्रिमियम बिक्रेता बन्न पुगेको छ र मात्रा, सञ्जाल र क्षमतामा बेजोड रहेको छ।  

अग्नि समूहले मुलुकको ठूलो हिस्सामा महिन्द्रा जेनसेटहरू, विद्युतीय सवारीसाधनहरू, गाडीहरू र महिन्द्रा ट्रयाक्टरहरू पनि वितरण गर्दछ।

अग्निको सञ्जाल व्यापक छ। मुलुकभरी यसको 60 भन्दा बढी डिलरहरू र शाखाहरू रहेका छन्। अटोमोबाइल व्यवसायमा अतुलनीय प्रतिष्ठा रहेको अग्नि विभिन्न कम्पनीहरूको एउटा समूह हो जहाँ प्रत्येक कम्पनीको बजारमा अग्रणी अस्तित्व रहेको छ र मानिसहरूलाई उदय हुन सक्षम बनाउने साझा उद्देश्यले एक भएका हुन्।

दुगड

एमभी दुगड समूह नेपालमा महिन्द्राको लागि साना व्यावसायिक सवारी साधनहरू, ठूला र हलुका व्यावसायिक गाडीहरूको साथै निर्माण उपकरणहरूको आधिकारिक वितरक हो।

यस समूहले तीन दशकअघि नेपाली बजारमा पहिलोपटक महिन्द्रा एण्ड महिन्द्रा लोड किङ टिपर सार्वजनिक गर्यो। त्यसयताका बर्षहरूमा यो समूहले लोड किङ्ग टिपरको विभिन्न स्वरूपहरू बजारमा ल्याएको छ र हलुका व्यावसायिक सवारीको क्षेत्रमा मार्केट लिडर भएको छ। यो समूहले विगत सातबर्षदेखि साना व्यावसायिक गाडीहरू वितरण गर्दै आएको छ र साना व्यावसायिक गाडीहरूको क्षेत्रमा दोस्रो स्थान ओगटेको छ।